Thursday, September 24, 2015

नेपाली भूगोलमा बिर्सीईएको इतिहास

नेपालको शाह कालीन ईतिहासमा जहाँ जहाँ युद्ध भयो त्यहाँ बलिको बोको हुने गुरुङ् र मगर को नाम निसाना नै छैन ।
यद्धपि जति पनि शाहकालीन बीर योद्धा भनौदा  अमरसिंह थापा, भक्ति थापा , बलभद्र कुँवर लडे र बीरता देखाए भनिएको ठाउँ छन ती सबै भूभाग अहिले इण्डिया को कब्ज़ामा छ ।

अनि नेपालको पुर्बतर भूभाग हेर्ने हो भने कुनै तेस्ता बीर पुरुष ले जितेको इतिहास नै छैन । लालमोहर मा सज्जित सन्धि सम्झौता हेर्ने हो भने पल्लो किरात माझ किरात र वल्लो किरात का आदिवासी राई लिम्बु सुनार याख्या तामांग मेचे कोचे ....लगायत तमाम जाती समुदायको महत्वपूर्ण अनि अतुलनीय योगदान छ । यो इतिहास बाट कुनै पनि नेपाली भ्रम मा नपरे हुन्छ । इतिहास मा शाह बंश सँग यी तमाम सम्प्रदाय ले राजनितिक समझौता नगरेर लालमोहर को सन्धि नगरेको भये नेपाल को यो स्वरुप अवस्य हुने थिएन ।

आज धेरै नेपाली लाई  पृथ्वी नारायण र तिनका बंशज ले नेपाल आर्जेको भन्ने लागेको छ । एकात्मवादी शिक्षा प्रणाली ले 50 औ दशक त्यही साह बंश को गाथा गायको कथा र कहानी पढ़ाएको छ । नलागोस पनि कसरी । इतिहास जित र हार को मात्र हुदैन । इतिहास समझौताको पनि हो । कपटी गरे समझौता कहिले बराबर हुदैन । हो हामीले थोर र साह बंश ले धेर पायो होला तर देशको मान चित्रमा हाम्रा आदीबासी पुर्खाले दिएको योगदान लाई भुल्नु हुदैन ।

गलत लाई गलत भन्न नसक्ने अझै पनि एउटा सम्प्रदाय छ । गलत लाई जब सम्म गलत भनेर स्वीकारिन्न तब त्यो बिचार साम्प्रदायिक नै हुन्छ । आज इतिहास देखि अल्पसंख्यक का आवाज लाई दबाउदै आईयो । इतिहास मेटाउदै आईयो अनि तिनका योगदान र अस्तित्व लाई नामेट बनाएर सहिष्णु समाज बन्दैन । किरात कालीन इतिहास पछि लिम्बुवानी इतिहास आईपुग्दा लिम्बुवानी माटोमा बाहुन र छेत्रीको आगमन को इतिहास 250 बर्ष भन्दा पुरानो भेटिन्न ।

हरेक राज्य र सम्प्रदायका आफ्नै बिशिस्ट राजनितिक प्रणाली हुन्छन । समय परिवर्तन सँगै ती प्रणाली फेरबदल हुन्छन तेसको फाईदा छेत्री बाहुनले लिम्बुवान बाट उठाएकै हो । तेसको साची एक किपट ब्यबस्था हो । त्यही किपट ब्यबस्था अनुसार हिजो हाम्रा पुर्खाहरुले लिम्बुवानको राजनितिक प्रणाली सापेक्ष लिम्बुवानी भुभागमा social इंटीग्रेशन गरेको हो  र एउटा बिशिस्ट सामाजिक संरचना बिकाश गरेको हो । नेपालको झण्डा मुनि बसेर नेपाली हु भन्ने भावनाको बिकाश गरेको हो । यो हाम्रा लिम्बुवानी पुर्खा र त्यहाँका जनताले गरेको त्याग हो । आज सम्म मधेसी लाई नेपाली समाजले नेपाली सामजिक संरचना मा accept गर्न मानी रहेको छैन । त्यो समयमा बाहिरी सम्प्रदाय अर्थात समाजलाई ठुलो ह्रदयले स्वीकार गर्नु यो चान चुने कुरा होइन ।  यो यथार्त लाई कहिले पनि भुल्नु हुदैन । आज 21 औ सताब्दीमा पनि सीरियाका नागरिक घरबार विहीन भएका भएका बेला तेत्रो प्रजातन्त्र अनि मानव अधिकार को बखान गर्ने धेरै युरोपेली राष्ट्रहरु social इंटीग्रेशन गर्न अनकनाई रहेका छन । तर हाम्रा पुर्खाले त्यो समयमा उदार ह्रदयले हर कुरा मानेर यो नेपाली भूगोलमा समाबिस्ट भये र नया नेपाली संरचना तयार भयो तर आखिर के पाये ? यो सोचनीय बिसय छ ।

समग्र नेपाल बनिनु मा आज एक सम्प्रदाय लाई मात्र जस दिने र लिने भवनाले गर्दा सामाजिक सदभाव बिग्रदो छ । अब पनि नेपाली राजनितिक मूलधार बाट बहिष्करणमा परेका र पारियेका को उचित मूल्याङ्कन नहुने हो भने न मधेसीले नेपालको झण्डा मुनि गर्व गर्न सक्छ न आदिवासी जनजातिले नै । तेसैले अहिलेको बिशिस्ट राजनितिक परिस्थिति मा फेरी पनि गल्ती गरियो भने राष्ट्र बन्ने टुक्रने र जोडिने प्रक्रिया रोकिन्छ भनेर भन्न सकिन्न ।